arrow

तत्काल माओवादी र जसपासँग एकता नहुने माधव नेपालको दाबी, यस्तो छ राजनीतिक प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
madhav-kumar-nepal-2079-10-21.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालै माओवादी र जसपासँग पार्टी एकता नहुने जनाएका छन् । माओवादी केन्द्र र जसपासँग एकताको प्रयासमा संवाद चलिरहेको बेला अध्यक्ष माधव नेपालले भने एकताको आधार तय नभएको बताएका छन् ।उनले आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत सो कुरा बताएका हुन् ।

एसले वार्ता कमिटीसमेत बनाएका कारण उक्त चर्चामा भएपनि अध्यक्ष नेपालले त्यसमा अहिले नै आधार नभएको उल्लेख गरेका हुन् । अध्यक्ष नेपालले आज केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भने मोर्चाबन्दी गर्न सकिने भए पनि एकताको चरणमा पनि पुग्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् । 

उनले राजनीतिक प्रतिवेदनम भनेका छन्, ‘सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीति, आर्थिक सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ । त्यसका निम्ति हामीले पहल गर्नुपर्छ ।’ 

अध्यक्ष नेपाले कम्युनिस्ट शक्तिको आवश्यकता रहेको चाहिँ बताएका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माणका लागि एउटा बलियो कम्युनिस्ट शक्तिको आवश्यकता छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिस्ट शक्ति निर्माण हुनसक्दैन । हामीले पार्टी पुनर्गठन अभियान सुरु गर्दा नै वाम आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने अवधारणा अगाडि सारेका थियौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ