arrow

भीम रावलले लगाए रविलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
Bhim-Rawal.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।

वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रममन्त्री, एकदम महंगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप  छ । ुके देशमा साँच्चै सुशासन आउन लागेको होरु हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए,’ उनले प्रश्न गरे ।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ