arrow

मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, अनिर्णयको बन्दी बनाउनु हुँदैन – कमल शाह

logo
देवानन्द न्यौपाने,  
प्रकाशित २०७९ माघ २१ शनिबार
kamal-shah-congress-sudurpachhim.jpg

लम्की । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले तत्काल राजीनामा दिनु पर्ने बताएका छन् । मुख्यमन्त्रीको सपथ खाएको तीन हप्ता बढी  हुँदासमेत संसद चल्न नसकेको बताउँदै उनले प्रदेशलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरेका छन् । 

नेपाल प्रेस युनियन लम्की शाखा कैलालीले शनिबार लम्कीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता शाहले प्रदेशmसभालाई अन्योलमा राख्न नहुने भन्दै मुख्यमन्त्री रावलले तत्काल निकास दिनु पर्नेमा जोड दिए ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई नेपाली कांग्रेसले पक्राउन भूमिका खेलेको भनी नागरिक उन्मुक्ति पार्टीका महासचिव रतनबहादुर थापाले दिएको अभिब्यक्ति भ्रमपूर्ण र कपोकल्पीत रहेको पनि नेता शाहले बताए । 

उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाको अभिब्यक्ति मैले केही मिडियाबाट सुनेँ मलाई आश्चर्य लाग्यो । हाम्रो गम्भीर ध्यानाकर्णष भएको छ । कपोलकल्पीत कुरा कसैले गर्नु हुँदैन । तथ्यगत कुरा गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘हाम्रो नेता महासमिति सदस्य विरबहादुर चौधरीलाई बौनिया प्रहरीले तपाईसँग काम छ भनी बोलाई सकेपछि सोझो हिसाबले प्रहरी चौकीमा पुग्नु भयो । प्रहरीले अदालतबाट त यस्तो निर्णय भएको रहेछ । तपाईलाई त हामीले अदालतमा पेश गर्नु पर्ने भो भनेर उहाँलाई अदालमा उपस्थित गराएर कारागार चलान गरिएको हो ।’

तत्कालीन समयको घटनाको बारेमा आफूहरुलाई थाहासमेत नभएको र पक्राउ पश्चात वीरबहादुरलाई कानून बमोजिम धरौटीमा छुटाउने प्रयाससमेत गरेको भए पनि अदालती प्रक्रियाअनुसार सम्भव नदेखिएको नेता शाहले उल्लेख गरे । 

एक अर्को प्रसंगमा नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेसलाई सुदूरश्चिम प्रदेश सरकारमा समर्थन गर्ने बताए । उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्धाहरु नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्र संबोधन गर्न सक्छ । त्यसैले प्रदेशमा मात्र होइन संघमा समेत नेपाली कांग्रेसलाई नै समर्थन गर्छ भन्ने मलाई विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ