arrow

विपक्षी दलले आज उम्मेदवारको नाम  टुङ्ग्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। नेपाली कांग्रेस नेतृत्वको विपक्षी दलको बैठक आज पनि बस्ने भएको छ । राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा विपक्षी दलका तर्फबाट साझा उम्मेदवार छान्न बैठक बस्ने भएको हो ।  आज बस्ने बैठकबाट साझा उम्मेदवारको नाम टुङ्गो लाग्नेछ ।

हिजो पनि उम्मेदवार चयनका लागि  सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।  

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन। काँग्रेसले यसअघि नै पदाधिकारी बैठकबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

माघ  २३ मा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुनेछ ।  विपक्षी मोर्चामा कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ