arrow

राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
himaalyan-samser.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

यसैबीच नेपाली कांग्रेसका सा‌ंसद एवं केन्द्रीय सदस्य विनोद चाैधरीले राणाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ