arrow

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
deuba.PNG

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका नेपाली कांग्रेस लगायत विपक्षी दलले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो । 

उपाध्यक्ष पदमा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिँदै छिन् । माओवादीबाट उम्मेदवार बन्ने भएसँगै कांग्रेसले उक्त पदमा दाबी नगर्ने भएको हो । 

 विपक्षी मोर्चामा कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी रहेका छन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुँदै छ । सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ता हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ