arrow

प्रदीप पौडेल भन्छन् – सम्पत्ति शुद्धीकरण विधेयक संसद्‌मा नल्याउनु गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
pradip-poudel-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत नगर्नु गम्भीर त्रुटि भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पौडेलले तत्काल विधेयकलाई संसद्‌मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन माग गरेका छन् ।

उनले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भीर विषय हो। गत पौष १ गते एफएटीएफको टोली नेपालको स्थलगत मुल्याङ्कन गरेर फर्कियो । उसको मुल्याङ्कनले स्पष्ट भन्छ कि कानून बनाउ नत्र तिम्रो देश ग्रे जोनको सूचीमा पर्छ। उसले तोकेका मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तराष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्, जसको कारण आर्थिक प्रणालीमा तिती देशहरुले ठूलो संकट सामना गरिरहेका छन् भने हाम्रो जस्तो रेमिटेन्समा निर्भर देश ग्रे जोनमा परेर अन्तराष्ट्रिय वित्तीय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिङ्गो अर्थतन्त्र नै धरासायी हुन पुग्छ।’

उनले सरकारलाई सचेत गराउँदै अगाडि भने, ‘हिजो यो विषयमा अध्यादेश बनाएर पेश गरियो, सम्माननीय राष्ट्रपतिबाट जारी भएन, यो आज पुनः फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन, अन्तराष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानून निर्माण गरेर राइट ट्रयाक खोजियोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ