arrow

बाधा अड्काउ फुकाउ आदेश पेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ ।
 
प्रतिनिधि सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खाँनले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश सदनमा पेस गरेका हुन् ।

आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ । आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो । गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो ।
 
सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी
     
यसैबीच प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको जानकारी सदनलाई गराइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । 
 
सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (१) बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।



नयाँ