arrow

'लोकको अन्त छ कि छैन ?'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
buddha-jayanti.jpg

मालुक्य पुत्रको मनमा बिचारहरू उब्जी रहेका थिए ।  'लोक सदाकालिन हो कि होइन ? लोकको अन्त छ कि छैन ? शरीर र जीव एकै हो कि बा दुई हुन् ? सत्वप्राणी मरण भएपछि पुनः हुन्छ कि ? सत्वप्राणी मरण भएपछि पुनः हुन्न बा नहुने पनि होइन भन्ने यस बारेमा मैले केही निराकरण गर्न सकेको छैन । बुद्धले पनि मलाई विस्तृत व्याख्या गरिदिएको छैन । सोही कारणले मैले यो बारेमा कोही पनि थाहा पाउन सकिन ।'

'अब म बुद्धकहाँ गई यो सम्बन्धित विषयहरू वहाँसँग सोध्नुपर्‍यो, वहाँले यस विषयमा बोध गराइ दिनुभए म यो भिक्षु जीवनमा बस्छु बोध गराइ नदिनु भएमा चीवर वस्त्र छाडी घरमा फर्किंजान्छु' भन्दै मन मनमा चिताइरहेका मालुक्य पुत्र भिक्षु बुद्धकहाँ पुगे । उनले आफूले माथि चिताइरहेका जटिल प्रश्नलाई निराकरण गरिदिए दिनुहोस् होइन भनेदेखि मैले चीवर वस्त्र छोडी जान्छु भने । त्यति मात्र होइन उनले निश्चित रूपले नै गर्न नसके यो हुन सक्दैन भनी भन्नुहोला भनी माग गरे ।  

उनीका यो कुरा सुनी बुद्धले भन्नुभयो-'मालुक्य पुत्र तिमीलाई के त्यस्तो केही कुरा सम्बन्धी प्रकाश गर्नेछु भनी मैले तिमीलाई भनेको छु कि तिमी यो शासनमा प्रव्रजित भए मैले माथिको कुरा सम्झाइदिनेछु भनी ।'

उनले भने, 'छैन भन्ते ! त्यस्तो त केही कबुलिया गरेको थिएन ।' बुद्धले सोध्नुभयो,' त्यसो भए तिमीले मलाई कबुलियत गराएका थियौ कि यो शासनमा भिक्षु जीवन बिताउन माथि भनेका विषयमा भन्नु भनी।'  'थिएन भन्ते ! त्यस्तो केही कबुलियत गराएको थिएन ।' 'त्यसो भए तिम्रो यो कुरामा के मतलब भयो त ?'

'मालुक्य पुत्र कसैले माथि भनेका कारण विषयमा मसँग सोधेदेखि आशा राखेदेखि उनका जीवन अन्त हुन्छ तर त्यस्तो सम्बन्धमा मेरो तर्फबाट उत्तर पाउने छैन । त्यो सम्बन्धमा मैले केही निदर्शनको कुरा भन्छु-'

'अब भन कि वाणले लागेका मानिसलाई प्रतिकार गर्नको लागि उनका आफ्ना ज्ञाति बन्धुहरूले खुब सिपालु वैद्य बोलाई ल्याए भनूँ र त्यो वैद्यले प्रतिकार नगरीकन वाणले हानेका मानिसका नाउँ, गाउँ, ठुला, स्याना, के वर्ण, के थर, के जाति, के गोत्र, धनुषका के धांचाकांचा; तीरका ढाँचा के कस्तो छ आदि सोध्दछ । जहाँसम्म थाहा पाउँदैन त्यहाँसम्म रोगीलाई प्रतिकार गर्दैन भनी भने त्यसले सोधेका प्रश्नलाई उत्तर कसैले पनि दिन सक्दैन होला र बाणले लागेका व्यक्ति प्रतिकार नपाईकन मर्नेछ।'

'त्यस्तै है मालुक्य पुत्र, लोक सदाकालिन छ कि? लोक अन्त छ कि छैन ? शरीर र जीव एक हो कि होइन, सत्य प्राणीहरू मृत्यु भएपछि पुनः हुन्छ कि हुँदैन ? आदि यस्तै प्रश्न गरिकन बसेमा उनलाई वाणले साधेका मानिसलाई भए झैँ हुनेछ।'

'लोक सदाकालिन भए पनि नभए पनि, त्यसको अन्त छ या छैन, जीव र शरीर एक हो या होइन मैले जन्म, वृद्ध हुनु, मृत्यु, शोक, विलाप आदिका दुःख देखाइ दिएको छु । माथि गरेका प्रश्नलाई जे जसो होस् भिक्षुचर्या पालन गर्नको लागि त्यसबाट केही काम लाग्ने छैन । सोही कारणले हे मालुक्य पुत्र, मैले लोक सदाकालिन हो वा होइन भनी भन्दिन । त्यसको अन्त छ कि छैन भनी भन्दिन । जीव र आत्मा एक हो वा दुई हुन भनी भन्दिन । मरण पछि पुनः हुन्छ वा हुँदैन भनी भन्दिन । त्यस्तालाई खोजी गरेर केही काम नहुने हुनाले ।'

त्यसमा शील पनि छैन, निर्वाण अवबोध गर्नको लागि उपयोगी हुने होइन । मैले दुःख, दुःख उत्पन्न हुने हेतु, दुःख हटाउने मार्ग राम्रोसँग प्रकाश गरिराखेको छ । त्यसबाट राम्रो पार्छ । निर्वाण अवबोध गर्नको लागि हेतु हुन्छ । मैले प्रकाश गरेको छैन भनी ठान्नु भनी बुद्धले मालुक्य पुत्रलाई भन्नुभयो। आनन्दभूमिबाट



नयाँ