arrow

नेपाल–भारत रोचक भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
saff-championship-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग  खेल्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा हुने खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ ।

नेपालका लागि यो खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारत विरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिने छ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।

भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।

पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् ।  बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  भुटान दुई खेलमा अंकविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेको छ ।



नयाँ