arrow

शुरु भयो 'क्यान इन्फोटेक मेला' [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
IMG-20230207-WA0005 (1).jpg

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि क्यान इन्फोटेकको २८औं संस्करण शुरु भएको छ । क्यान महासंघको आयोजनामा शुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’  मेला ६ दिनसम्म चल्नेछ । 

मेलालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी थिइन्।  उनले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सूचना प्रविधिको युग रहेको र यो राष्ट्रियतासँग पनि जोडिएकोहुँदा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने भएपनि यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको भनाइ राखिन् ।  

शर्माले सरकारले सूचना प्रविधिको क्षेत्रमा मन्त्रालयले गर्नुपर्ने लगानी र सहयोग जरुरी भएकोमा गर्ने बताएकी छिन्। 

“आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका  महत्वपूर्ण छ”, मन्त्री शर्माले भनिन् ।

सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उनले बताइन् । “विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो । हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ”, शर्माले भनिन् ।

जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउँदै शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने उनको भनाइ छ ।

नेपालको सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने र कानून बनाउने विषयलाई प्राथमिकतामा राखिने पनि मन्त्री शर्माले बताइन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीपछि नेपालमा प्रविधिको प्रयोग बढेको बताए । 

नेपालमा उत्पादित कतिपय प्रविधि विश्वस्तरमै प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा रहेको उनको भनाइ छ । “नेपाल प्रविधिको क्षेत्रमा विश्वस्तरमै प्रतिस्पर्धी बन्नसक्छ । त्यसका लागि हामीले प्राथमिकतामा नेपाली उत्पादनलाई दिनुपर्छ”, ढकालले भने । हरेक सरकारी निकायमा नेपाली सफ्टवेयरको प्रयोगको नीति सरकारले लिनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रविधिका क्षेत्रमा सरकारी नीति सकारात्मक भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको बताए । 

“प्रविधि क्षेत्रमा लगानी गर्ने कम्पनीका लागि एकद्वार प्रणाली लागू हुन सकेको छैन । यो क्षेत्रमा कुनै विदेशी कम्पनीले लगानी ल्याएमा त्यसमा नेपाली कम्पनीलाई ‘जोइन्ट भेन्चर’मा लगानी गर्न सक्ने व्यवस्था लागू गरिनुपर्छ”, मल्लले भने । 

मुलुकलाई आर्थिक समृद्धि दिनका लागि सम्भाव्य तुलनात्मक लाभको क्षेत्रका रुपमा रहेको सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न स्वदेशी जनशक्ति, सीप, प्रविधि र सेवालाई बढावा दिनुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष बीरेन्द्रराज पाण्डेले नेपालले निर्यात गर्नसक्ने सूचना प्रविधि क्षेत्रबाट अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान हुने बताए । 

नेपालले सार्वजनिक–निजी साझेदारी (पीपीपीी मोडलमा सूचना प्रविधि ९आईटी० पार्क बनाएर त्यहाँ राखिने कम्पनीका लागि कर छुटको व्यवस्था गर्नुपर्ने पाण्डेले बताए । 

क्यान महासङ्घका अध्यक्ष रणजितकुमार पोदारले सूचना तथा प्रविधि नीति २०७२ र डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले लिएका उपलब्धि हासिल गर्न र ती नीतिको  प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताए । 

सूचना तथा सञ्चारको क्षेत्रबाट मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सकिने उनको भनाइ छ । “सूचना प्रविधिलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा विकास गरेर अर्थतन्त्रमा योगदान पुर्याउने सरकारको नीति छ । डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी बनाएर लैजानु हामी सबैको दायित्व हो”, अध्यक्ष पोदारले भने । 

 

IMG-52246831596dd8dd457ff915c501cc5f-V.jpg
IMG-8a3c6fe24d2c680c0b97b5793b2c5d4c-V.jpg
IMG-43a49c25f58ed5aa0b18cc4ddb9d8576-V.jpg
IMG-0235323c0e2c4e8e6a9bfe0a5e06b04b-V.jpg
IMG-6d83c6243979fd81e6da40d8cc2533ef-V.jpg
IMG-9557268c1449e57342b9e88afb6f5f28-V.jpg
IMG-3d81450061b75f57c5fdff77756258dc-V.jpg
IMG-58335429380e774dc0d94da7126886c0-V.jpg
IMG-20230207-WA0005 (1).jpg
IMG-c682a9345d1abcd7a3f0359420b6d0e5-V.jpg
IMG-1d09a02b10a49d503c9abf89a100997e-V.jpg
IMG-4104322dd5b0419e5570b2cbbb07df0c-V.jpg
IMG-2373b8f871888eb5d50d31c30be7debe-V.jpg
IMG-df9e3566e50748c4f7a6c0346ed96f19-V.jpg
IMG-c456c47d9dff2bf386d73118cb8b7d20-V.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ