arrow

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : बिजुक्छेँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
narayanman-bijukchhe.jpeg

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् । 

भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई मंगलबार सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताए । अध्यक्ष बिजुक्छेँले नेपालमा पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागू रहेको चर्चा गर्दै यहाँ त्यस्तो अवस्था देखियो ।

जनतालाई राजनैतिक रूपले सचेत पार्दै समाजवादी व्यवस्था लागू गर्न राजनैतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्किर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल तिनका नेता संशोधनवादी र अवसरवादी भएको उनको आरोप थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ