arrow

भारतलाई हराएसँगै साफ महिला यू–२० को उपाधि जित्न नेपालले बंगलादेशसँग खेल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
saff-championship-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् ।

बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेपछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन् ।

यसअघि नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो । साविक विजेता भारतलाई हराएसँगै नेपालले उपाधि भिडन्त यात्रा कायम गरेको हो । राउन्ड रविन लिगमा बंगलादेशले नेपाललाई हराएको थियो । 

यस जितसँगै तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने ६ अंकको नेपाल दोस्रो भयो । तेस्रो स्थानको भारतले ४ अंक जोडेको थियो । पुछारको भुटान अंकविहीन भयो । 

शीर्ष दुई टिमले उपाधिका लािग भोलि फाइनल खेल्नेछन् । 



नयाँ