arrow

सभामुखसँग चिनियाँ राजदूतको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
dev-raj-ghimire-china-ambassdor-2023.jpg

काठमाडौं। सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच  भेटवार्ता  भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे । 

भूकम्पपछिको पुनः निर्माणमा चीनबाट भएको सहयोग पनि  स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरू क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे । 

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिएका थिए । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाएको भएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ