arrow

साफ च्याम्पियनशिप उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
saff-championship-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्दै छन् ।

 बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा हुने उक्त फाइनल भिडन्तले नेपाललाई उपाधि दिलाउन सक्छ । गत मंगलबार नेपालले भारतलाई ३–१ ले हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

 गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेपछि फाइनलमा नेपाल र बंगलादेश भिड्न लागेका हुन् ।

 यस जितसँगै तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनै खेलमा पराजय ब्यहोरेको भुटान अंकविहीन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

 भुटानसँग बंगलादेशको यो जितसँगै भारत बाहिरिनु परेको थियो ।  भारतले तीन खेलमा चार अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन । नेपाल छ अंकसहित फाइनलमा पुगेको हो । नेपालले भारत र भुटानलाई हराउँदा बंगलादेशसँग पराजित भएको थियो । 

भारतलाई हराएर आएको  नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।नेपाललाई बदला लिनसमेत अवसर मिलेको छ । 



नयाँ