arrow

प्रेम आचार्यको परिवारलाई ५० लाख बिमा भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
Prem-Acharya-last-rite.jpg
तस्बिर – फाइल ।

झापा । सन नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५०  लाख बिमा भुक्तानी हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

 
सो कम्पनीका बिर्तामोड शाखा प्रमुख विकास  श्रेष्ठका अनुसार कम्पनीले  मृतकको घरमै पुगी मृतककी श्रीमती नानु अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपियाँको चेक हस्तान्तरण गरेको छ । 

 सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका मृतक आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिनमै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ