arrow

साफ च्याम्पियनशिप उपाधि भिडन्त, मध्यान्तरसम्म नेपाल २–० ले पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
nepal-bangladesh-u20-final1.jpg

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिडिरहेका छन् ।  बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा जारी फाइनलमा मध्यान्तरसम्म नेपाल २–० ले पछाडि रहेको छ । 

बंगलादेशले ४२ औं मिनेटमा पहिलो गोल गरेको हो । मध्यान्तरअघिको इन्जुरी समयमा अर्को गोल थप्दै बंगलादेशले २–० को अग्रता बनाएको छ । समूह चरणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । गत मंगलबार नेपालले भारतलाई ३–१ ले हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

 गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेपछि फाइनलमा नेपाल र बंगलादेश भिडिरहेका हुन् । 

यस जितसँगै तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनै खेलमा पराजय ब्यहोरेको भुटान अंकविहीन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

भुटानसँग बंगलादेशको यो जितसँगै भारत बाहिरिनु परेको थियो ।  भारतले तीन खेलमा चार अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन । नेपाल छ अंकसहित फाइनलमा पुगेको हो । नेपालले भारत र भुटानलाई हराउँदा बंगलादेशसँग पराजित भएको थियो । 

भारतलाई हराएर आएको  नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपाललाई बदला लिनसमेत अवसर मिलेको छ । तर मध्यान्तरसम्मको खेल भने नेपालका लागि सुखद रहेन । 



नयाँ