arrow

साफ महिला यू–२० च्याम्पियनशिपमा नेपाल उपविजेता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
u20-saff-championship-2023-nepal.jpg

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामै सीमित भएको छ । बिहीबार राति सम्पन्न फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेतामै चित्त बुझाएको हो । 

बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपाल ३–० गोलले पराजित हुन पुग्यो । बंगलादेशले ४२ औं मिनेट पहिलो, मध्यान्तरअघिको इन्जुरी समयमा दोस्रो तथा ८७ औँ मिनेटमा तेस्रो गोल गरेको थियो । 
 
भारतलाई हराएर फाइनलमा पुगेको नेपालसँग उत्साह भएको भए पनि आयोजक बंगलादेशसँग लिग चरणमा खाएको हारको बदला लिन नेपाल असफल भयो । 

बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।

लिग चरणमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । 

सिनियर टिममा समेत काठमाडौंमा भएको आयोजनामा नेपालले भारतलाई हराएर फाइनल पुगेको भए पनि फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । 

यसबाट महिला फुटबलमा दोस्रो हुँदै आएको नेपाललाई अब बंगलादेशले थप चुनौती दिएको स्पष्ट भएको छ । 
 



नयाँ