arrow

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ। केन्द्रीय बैङ्कले आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही राहत प्रदान गरेको हो।

केन्द्रीय बैङ्कले गरेको समीक्षामा भनिएको छ, “२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा-ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ।” यसले ऋणीलाई केही राहत प्रदान गर्नेछ।

यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह भई गत पुस मसान्तसम्ममा सक्रिय वर्गमा रहेको रु दुई करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आगामी असार मसान्तभित्र पुन संरचना तथा पुनः तालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ।

बैङ्क तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्क्रिय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवं सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्नेलगायत व्यवस्था पुनरावलोकन गर्ने नीति लिइएको छ।

बैङ्क तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने कर्जा र निक्षेपबिचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्बन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने लक्ष्य राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ