arrow

राजनीतिले लय समात्यो, अब ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्छ: राष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
bidhya-devi-bhandari.jpg

काठमाडौं। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गरेकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिले एउटा लय समातिसकेको बताउँदै अबको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भनेकी छिन्, 'देशको राजनीतिले एउटा लय र गति समातिसकेकोले अब हाम्रो ध्यान विकास समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्छ भन्ने मैले ठानेको छु ।'

'संविधानले मार्गदर्शन गरेबमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने दिशामा राज्यका सम्पूर्ण अंग तथा निकायहरुले संकल्प गरी त्यसको कार्यान्वयनमा आफूलाई परिचालित गर्नुपर्छ,' उनले अघि भनेकी छिन् ।

यस्तै उनले वैदेशिक व्यापार घाटा कम गर्न उत्पादन क्षेत्रको सुधारमा सबै गम्भीर बन्नु पर्ने उनको भनाइ छ ।

विश्वव्यापीकरणको युगमा अर्थतन्त्रको सुधारका लागि एक देशको भूमिकाले मात्रै सुधार हुन नसक्ने उनले बताइन् । उनले विश्वव्यापी महामारी र अन्य विविध कारणले अन्य विश्व झैं हाम्रो देशको अर्थतन्त्रमा पनि समस्या देखिए पनि अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न जरुरी भइसकेको बताएकी छिन् ।

यस्तै उनले सरकारको वित्त नीतिमा संरचनात्मक सुधार गर्नुपर्ने देखिएकोसमेत बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । 

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आजको विशेष सम्बोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संविधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ