arrow

दाङ प्रहरीले बचायो स्कुटर चोरलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
scooty-chor.jpg

घोराही । गएको शुक्रबार  दिउँसो १ः३० बजे नोबेल  ट्रेडिङ प्रालिको घोराही–१५ वीपीचोक टीभीएस शोरुमबाट नचिनेका व्यक्तिले टीभीएस स्कुटर लगे । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखे र प्रहरीमा उजुरी नै दिए । 

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउँदै गुनासो गरे । विष्टले सीसी क्यामेरा फुटेजसहित सोही दिन जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन बुझाए । 

त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटी फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सीसीटीभी फुटेजको सहारामा स्कुटी चोरलाई पक्राउ गर्यो । 

माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । चोरलाई जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर खत्री, डीएसपी राजन गौतमको मिलेमतोमा  मुद्धा फाँटका देबबहादुर वलीसहितका मुद्धा फाँटका प्रहरीले आर्थिक चलखेल गरेर २४ घण्टा नबित्दै मुद्धा नचलाई छाडेको पाइएको छ । 

डीएसपी गौतमलाई पक्राउ परेका रानालाई छुटाउन गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएका थिए । 

जिल्ला प्रहरी कार्यालय दाङले चोरीमा संलग्न ब्यक्तिमाथि मुद्धा नचलाई छाडेको जानकारी दिएको छ । घोराही बजारको मुख्य चोकमा दिउँसै चोरी भएर चार दिनपछि स्कुटी फेला पारेको थियो । 

शोरुममा रहेको फुटेजमा देखिएअनुसार एक जना व्यक्ति बिहान ११ बजेर ५५ मिनेट जाँदा पुगेका हुन्छन् । त्यसअघि नै अर्का एकजनाले मोटरसाइकलबारे जानकारी लिइरहेका देखिन्छन् । 

शोरुमका कर्मचारी शिशिर घर्तीले ती व्यक्तिलाई मोटरसाइकलबारे ब्रिफिङ गरिरहेका हुन्छन् । ग्राहकको रुपमा पसेका ती व्यक्तिले पटक–पटक नजर बाहिर लगाउँछन् । सेकेन्ड हेण्ड स्कुटी खोज्न आएका व्यक्ति नयाँ बाइक सोधीखोजी गर्छन् । 

उनले बेला–बेलामा नजर लगाएकै शोरुमको पश्चिम ढोकाबाट मास्क हेल्मेट लगाएका व्यक्ति प्रवेश गर्छन् । उनीहरुबीच नचिनेको जस्तो व्यवहार देखिन्छ तर बेला–बेलामा नजर शंकास्पदरुपमा जुध्ने गर्छ । मास्क आधा खोलेका अघिदेखिनै बसेका व्यक्ति कुनै कारोबार नगरेर बाहिरिन्छन् । उनी बाहिरिँदै गर्दा कुनै संकेत गरेजस्तै दुबैबीच हेराहेर हुन्छ । आपसमा बोलेको वा परिचित जस्तो अरु व्यवहार भने देखिन्न ।

शोरुमका कर्मचारी घर्तीका अनुसार यसअघि पनि आउने गरेका व्यक्ति हुन् । थोरै अघिपछि गरेर उनीहरु दुवैजना शोरुमबाट बाहिरिन्छन् । अघिल्ला व्यक्तिले शोरुम बाहिर निस्केर मोटरसाइकलमा गहिरो नजर लगाउँछन् । कसैलाई फोन गर्छन् । त्यसपछि दिउँसो स्कुटर हराउँछ । तिनै मास्क लगाएका हेलमेट लगाएका दोस्रो व्यक्ति जस्तै हुलिया भएकाले स्कुटर लगेको फुटेजमा देखियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ