arrow

चलचित्र पत्रकार संघमा प्रभु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
prabhu.jpg

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा पुनः प्रभु अधिकारी निर्वाचित भएका छन् । 

संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो ।

अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पनि हुन् ।

संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए । 

यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् । 

संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ