arrow

आमाको हत्या, छोरा-बुहारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
hatya-murder.jpg

तनहुँ । आमालाई कर्तव्य गरी हत्या गरेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

८४ वर्षीय माया सर्किनीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

आज बिहान ५ बजे माया सर्किनी मृतावस्थामा फेला परेकी थिइन् । घर नजिकैको गाई गोठमा आगो लगाई गोठ पूर्णरुपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो ।

 “घटनास्थल तथा लासजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोराबुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ”, खाँणले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ