arrow

त्रिदेशीय श्रृंखलाः नामिबियाविरुद्ध नेपाल फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
cricket-nepal-namibia-2023-02-14.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखला अन्तर्गत पहिलो खेल त्रिविवि कीर्तिपुर मैदानमा शुरु भएको छ । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दैछ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । 

एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । 

सन् २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो । 

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाललाई एक दिवसीय वरीयतामा रहन बाँकी सबै खेलमा सकारात्मक परिणाम ल्याउनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ