arrow

यातायात मजदूरको बन्द हड्ताल फिर्ता, सवारी तत्काल खुल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
banda-2079.jpg

काठमाडौं । विभिन्न माग राखेर उपत्यकामा बन्द हड्ताल गरेका सार्वजनिक यातायात मजदूर सम्बद्ध संगठनले बन्द हड्ताल फिर्ता लिएका छन् । बन्द हड्ताल फिर्ता लिएसँगै सार्वजनिक यातायात पनि तत्कालै खुल्ने भएका छन् । 

आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदूर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् । 

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नु पर्नेमा जोड दिएका थिए । मन्त्री श्रेष्ठले जायज मागहरू सम्बोधन गरिने बताए । 

आजै बिहानदेखि नै यातायात मजदुर, व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच वार्ता भएको हो ।

सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो । 

सार्वजनिक सवारी नचल्दा भने आज यात्रुले सास्ती खेपेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ