arrow

प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रस्तुत हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा का सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि शुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक चालु अधिवेशनमा पहिलो विधेयकसमेत हो । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” बैठकसमक्ष पेश गर्नेछन् ।

उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

साथै, कृषि तथा पशपुंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ