- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम शाहले संसदमा सांसदहरुका लागि बायोमेट्रिक हाजिरीको व्यवस्था गर्न माग गरेका छन्। बायोमेट्रिक हाजिरी लगाउँदा जनप्रतिनिधि जवाफदेही हुने गरी उपस्थित हुने व्यवस्था हुने उनको भनाइ छ।
बुधबारको संसदीय बैठकमा बोल्दै उनले भनेका छन्, 'यो ध्यानाकर्षण गराउन चाहन्छु कि बायोमेट्रिक हाजिरीको व्यवस्था होस् यहाँ, ताकि जनप्रतिनिधिलाई पनि सदनमा जवाफदेही हुने गरी उपस्थित हुने व्यवस्था गरियोस् र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा हेर्न पाओस् ।'
यस्तै उनले संसदमा आफूहरुलाई चलचित्र देखाइएको भन्दै यसको पटकथा कसले लेखिरहेको छ, यसका निर्देशक को हुन् राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय हुन् भन्दै प्रश्न गरेका छन्।