arrow

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्ने विधेयक संसदमा प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
dhrub-nahadur-pradhan.jpg

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेका छन्।

बुधबारको संसदीय बैठकमा यो विधेयक प्रस्तुत गर्ने प्रस्ताव बहुमतले पारित भएसँगै उनले सम्पत्ति शुद्धीकरण, मनिलाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेय संसदमा प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री प्रधानले यो विधेयक संघीय संसदबाट पारित गराई कार्यान्वयनमा लिन सकेको खण्डमा सम्पत्ति सुदृढीकरण सम्बन्धी नेपालको कानूनको व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने भई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर तथा सम्बद्ध कसुरमा प्रभावकारी रुपमा कारबाही चलाउन सकिने र त्यस्ता कसुर निवारणमा नियन्त्रण ल्याउन सकिने बताएका छन्।



नयाँ