arrow

तीन महिनामा दश प्रतिशत महंगी बढ्ने राष्ट्र बैंकको उपभोक्ता सर्वेक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले पुस २४ देखि ३० गतेसम्म देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको हो ।

उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अबको ३ महिनामा र १ वर्षमा क्रमशः १० र १२ प्रतिशत मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजसम्मको तुलनामा घटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ