- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समय लिँदै कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले छाडा चौपायाको व्यवस्थापन गर्न माग गरेका छन् ।
निर्वाचनपछि पहिलो पटक सदनमा बोल्दै आचार्यले कपिलवस्तु क्षेत्र नं २ का जनतालाई धन्यवाद दिँदै किसानको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।
छाडा चौपायाका कारण किसानहरुले लगाएको बालीनाली नष्ट भएको हुँदा यस्तो समस्या समाधान गर्न उनले माग गरेका हुन् । स्थानीय स्तरमा गाउँपालिका र नगरपलिकामा किसानहरुले छाडा व्यवस्थापन गर्न माग गरे पनि त्यहाँबाट समस्या समाधान नभएकाले सरकारसँग छाडा पशु व्यवस्थापन गर्न सांसद आचार्यले माग गरेका हुन् ।
कृषि उत्पादनमा लाग्ने मल, बिउ र इन्धनको समेत किसानहरुलाई सहज रुपमा नमिलेकाले सहज रुपमा व्यवस्थापन गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।