arrow

राजनीतिक सहमतिबाट नै राष्ट्रपति : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
madhav kumar-nepal0.jpg
फाइल तस्वीर

पोखरा । पूर्व प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको स्पष्ट पारे ।

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो । सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए ।

सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको त्यो प्रयास सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

देशमा राजनीतिक तरलता देखिएको भन्दै उनले राजनीतिक अवस्था कता जान्छ भन्ने कुरा एकीन नभएको बताए ।

आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पार्दै अध्यक्ष नेपालले कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लागयतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ