arrow

अनेरास्ववीयूको अध्यक्षमा समिक बडाल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
Samik Badal.jpg

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयू) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । संगठनको काठमाडौंमा जारी २३ औं राष्ट्रिय महाधिवेशनबाट बडाल अध्यक्षमा विजयी भएका हुन् । बडालले अध्यक्षमा आरसी लामिछानेलाई पराजित गरेका हुन् ।

अनेरास्ववीयूको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो । गएराति भएको मतगणनामा निवर्तमान महासचिवसमेत रहेका बडाल अध्यक्षमा विजयी भएका हुन् । 

संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी भएका छन् ।

महासचिवमा नरेश रोकाया, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले विजयी भएका छन् ।

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको बताइएको छ । महाधिवेशनमा एक हजार ५१७ जनाले मतदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ