arrow

सेना दिवसमा प्रकृति संरक्षण ट्रफी प्रतियोगिता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
sena-diwas-trophy.jpg

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण–गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् । 

महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र  कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गरेका हुन् । 

प्रधानसेनापति शर्माले  सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गर्नुभयो । उहाँले त्यस अवसरमा सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदिक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत प्रदान गरे । 

 महारथी शर्माले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ९४ जनालाई दज्र्यानी चिह्न तथा अवकाश प्राप्त सहायकरथी डा प्रेमसिंह बस्न्यातलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान प्रदान गरे । सो अवसरमा कृषि, प्राकृतिक प्रकोप उद्धार, समाज सेवा र लघुवित्त  क्षेत्रमा उत्कृष्ट उद्यमीलाई सम्मानित गरिएको थियो ।

सेनाले स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगिताका विजयी एवं प्रसंशनीय कार्य गर्नेलाई पुरस्कार प्रदान गर्दैआएको छ । हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ