काठमाडौं । शुक्रबार माइतीघर मन्डलामा व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय सस्थाको आतङ्क विरुद्ध विरोध कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रम विभिन्न व्यवसायी महासंघहरुको उपस्थितिमा भएको हो । बैंक र सरकारविरुद्ध विभिन्न प्लेकार्डहरुसहित व्यवसायीहरु माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म पुगेका थिए ।