arrow

पालिकाहरूको कार्यसम्पादन मूल्यांकनमा मदाने पहिलो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
Madane_Gaunpalika.png

गुल्मी । कार्यसम्पादन मूल्याङ्कनमा मदाने गाउँपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा मदाने गाउँपालिका जिल्लामा पहिलो भएको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मूल्याङ्न प्रतिवेदनका आधारमा गुल्मी जिल्लामा मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै प्रथम र देशभरकै गाउँपालिकामध्ये छैटौं स्थानमा परेको  छ । 

त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकोट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएको छ भने अन्य पालिकाहरूको अंक ६०.०१ देखि ६९.९९ को बीचमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ