arrow

सात दिनभित्रै सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ – माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
madhav-kumar-nepal-ncp-socialist.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् । 

कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववीयूको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । 

संविधान विरोधिदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ