arrow

एमाले मण्डलेजस्तै भयो –माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
madhav-kumar-nepal-media-brief.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मण्डलेजस्तै पार्टी भएको टिप्पणी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नुले नै एमाले मण्डलेजस्तै भएको तर्क गरे । 

आज काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववीयू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले यो कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको जिकिर गरे । 

नेता नेपालले नेपालमा फेरि मण्डलेहरु जाग्न थालेकोसमेत टिप्पणी गरेका छन् । उनले भने, ‘मेचीको पुलमा उभिएर गरेको कुरा देख्नुभयो तपाईहरूले ? मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ । त्यहीँबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन ।’

उनले अगाडि भने, ‘कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरूलाई पनि प्रोत्साहन दिइरहेको त छैन ? शंका खडा हुने परिस्थिति बनेको छ । कतै प्रतिगमनको सहयोगी त बन्न गइरहेको छैन भन्ने प्रश्न खडा भएको छ । त्यसो हुनाले नेपालको राजनीतिको तस्त्रिर अझै बेग्लै किसिमको देखिन्छ । समय समयमा कम्युनिष्ट पार्टीले आफ्नो शक्ति देखाएको छ ।’

सोही कार्यक्रममा बोल्दै नेता नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताए । उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । 

संविधान विरोधिदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ