arrow

ग्लोबल आईएमईको ११ करोड २६ लाख बढी कित्ता शेयर सूचीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
global-ime-bank.jpg
तस्बिर – फाइल ।

काठमाडौं । ग्लोबल आइएमई बैंकको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन बैंक अफ काठमाण्डूको शेयर अब ग्लोबलको नाममा सूचीकरण भएको हो । दुवै बैंक १ः१ अर्थात् बराबरी हैसियतमा मर्जरमा गएका हुन् । सोही अनुसार बीओकेको शेयर ग्लोबल आईएमई बैंकको नाममा सूचीकृत गरिएको हो । अब बीओकेका शेयरधनीले ग्लोबलको नामबाट यो शेयर कारोबार गर्न सक्नेछन् । 
 
शेयर सुचीकृत भएसँगै अब आगामी बुधबारबाट बैंकको शेयर कारोबार सुचारु हुनेछ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २०९ रुपैयाँ ४२ पैसा शुरुआती मूल्य तोकेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भएर पुस २५ गतेबाट एकीकृत कारोबार शुरु गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ