arrow

केपी ओलीको प्रस्तावपछि अलमलिएका माधव भन्छन्– राष्ट्रपतिमा उम्मेदवारीबारे सोचेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
madhav-kumar-nepal-party-meeting-2023.jpg
तस्बिर – फाइल ।

दाङ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । 

देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई भेटेर आइतबार साँझ पार्टी एकतासहित राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि माधव नेपालको यो प्रतिक्रिया आएको हो । यसअघि उनको चाहना राष्ट्रपतिमा रहेको थियो । 

तर केपी ओलीसँग सम्बन्ध बिग्रिएसँगै उनले मुख खोल्न सकेका थिएनन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्दै आएका भए पनि नेकपा एसबाट झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा देखाएपछि उनी पछि हटेजस्तै भएका थिए । 

तर ओलीले आएर अहिले एक्कासी राष्ट्रपतिमा प्रस्ताव गरेपछि भने माधव नेपाललाई निर्णय गर्न कठिन भएको छ । 

ओलीसँगको गोप्य वार्तालाई बाहिर ल्याउन नचाहेका माधव नेपालले विदेशको सञ्चारमाध्यमप्रति निकै नजिक रहेको जस्तै गरी नेपालको सञ्चार माध्यममा आएका सबै सत्य नहुने भनेर तर्किएका छन् ।  

राष्ट्रपति हुनुपर्छ भनेर खुलेर नलागेको भए पनि उनले शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने उल्लेख गरेका छन् । 

राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ