arrow

ब्याजदरबारे पूर्ण जानकारी लिएरमात्र कर्जा लिन राष्ट्र बैंकको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिने र निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने उक्त सुचनामा उल्लेख गरिएको छ । 

बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई आग्रह पनि गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ