arrow

केपीले राष्ट्रपति बनाउने भनेसँगै माधवलाई छट्पटी, पार्टीले बोलायो सचिवालय बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए । 

सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो । 
 
केपी ओलीले गत आइतबार राजधानीमा गोप्य वार्ता गर्दै माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । उनले पार्टी एकतासँगै राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन् । त्योसँगै कुनै समय माओवादी केन्द्रसँग एकता गर्न सकिए पनि केपी ओलीको एमालेसँग एकता गर्न नसकिने अडानमा रहेका नेकपा एसका नेताहरु एकाएक पग्लिन थालेका छन् । 

माधवलाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न केपी ओलीको प्रस्ताव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ