arrow

यही अवस्थामा बुटवलबाट-नारायणघाट सडक चार वर्षमा पनि बन्दैन- जबरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
dhawal-samsher-rana-jabara.jpg

काठमाडौं। राप्रपाका सांसद धवलशमशेर जबराले बुटवल-नारायण सडक खण्ड निर्माणका लागि सरकारले पहल गर्न आवश्यक रहेको बताएका छन् । उनले सामान्य समय १ घण्टा सवा घण्टा लाग्ने यो सडकखण्ड पार गर्न अहिले ५ घण्टा लाग्ने अवस्था रहेको बताउँदै उनले यहाँको काम तिव्र गतीमा हुनु पर्ने बताएका छन् ।

यस्तै उनले विकास हुने क्रममा ४ लेनबाट ६ लेनको बाटो बन्ने भए पनि कछुवाको तालमा बनिरहेको भन्दै यहीँ गति भएमा अझ ४ वर्षसम्म त्यो बाटो बन्न नसक्ने बताएका छन् ।

प्रमुख राजमार्गका रुपमा रहेको यो बुटवल-नारायणडढ सडकखण्ड निमार्णमा हजारौंको संख्यामा मानिसहरुले काम गरिरहेको हुनु पर्ने भए पनि त्यहाँ दैनिक एक सय, डेढसय भन्दा बढीले काम गरेको आफुले नदेखेको उनले बताए।

बर्खायाम आउँनै लाग्दा बाटो झनै बिग्रिने हुँदा त्यसअघि नै बाटो कति राम्रो बनाउन सकिन्छ त्यो गर्नु पर्ने उनले बताए ।

यस्तै बाँके र बर्दियामा पानी पुर्याउने उनले सिक्टा नहरको मुख्य नहर बनिसकेको भए पनि शाखा नहर पप्पु कन्स्ट्रक्सनको कारणले मुद्दा मामलामा अल्झेको बताउँदै यसको निमार्णका लागि पनि सरकारले पहल गर्न आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्न अब, सरकारले नै पहल गर्ने स्थिती देखिएको उनले बताए। अधिकांश राष्ट्रिय गौरवका आयोजना मुद्दामामिलामा अल्झिएको भन्दै प्रधानमन्त्रीको कार्यालयले बिशेष ध्यान दिएमा मात्रै यी योजना अघि बढ्ने उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ