arrow

माधव नेपालले पार्टीको बैठकमा किन भनेनन् राष्ट्रपतिको प्रस्तावबारे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
NCP-united-socialist-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो विषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ । आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो विषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् । 

‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो, राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्‍यो,’ खनालले बैठकपछि भने, ‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो। कसैले प्रस्ताव गरे धारणा बनाउने हो।’

उनका अनुसार संसदमा रहेका सबै दलहरूसँग राष्ट्रतिका विषयमा छलफल गर्ने भन्ने निर्णय भएको छ ।

यसअघि गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग गरेको गोप्य वार्तामा नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । त्यसपछिका दिनमा माधव नेपाल एमालेप्रति केही नरम भएका थिए । 

तर आजको पार्टी बैठकमा उनले उक्त प्रस्तावबारे केही पनि नभनेर फेरि राजनीतिक चक्रलाई गोलमटोल बनाएका छन् । 

आजदेखि राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ । मतदाताको नामावली सार्वजनिक गरिसकिएको छ । यही १३ गते उम्मेदवारी दर्ता गर्ने समय रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ