arrow

संसदमा आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
lekhnath-poudel-ncp.jpg

काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा आएर समस्या मात्रै देखाएर र अरुको आलोचना मात्रै गर्ने प्रवृति बढिरहेको बताएका छन्। उनले यस्ता प्रवृत्ति अन्त्य गरी समाधान र समीक्षातर्फ सांसदहरु लाग्नु पर्ने बताएका छन् ।

बुधबार संसदमा बोल्दै उनले भनेका छन्, 'समस्याको मात्र उजागर पहिलो पटक सदनमा आउनेको मात्र नभएर दुई, तीन, चार पटक सदनमा आउनेहरुको पनि प्रस्तुतिको तरिका एउटै छ। समस्याको चाङ देखाउने तर समीक्षा नगर्ने, समस्या थुपार्न यहाँहरुको कमजोरी कति रह्यो। यो पनि बहसको विषय बन्नै पर्छ ।'

'समस्या देखाएर अरुको आलोचना गरेर नेता बन्ने र चुनाव जित्ने प्रक्रियाको अन्त्य गर्नैपर्छ। जनताको भावनामा खेल्ने काम बन्द गर्नैपर्छ।' 

उनले अघि भने, 'आज हामीलाई समाधान चाहिएको छ, निकास चाहिएको छ, विकास र समृद्धि चाहिएको छ। समानता र समाजवाद चाहिएको छ। औद्योगिक पूँजीको विकास गर्नुर्छ। वृहत्तर रोजगार सिर्जना गर्नुछ, आयात घटाएर निर्यात बढाउनु छ। आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुछ। 'हामीलाई दलाल नोकरशाही पूँजीवादमाथि नियन्त्रण कायम गर्नै पर्छ। गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य सेवा, सरकारी अस्पतालमा गरिब जनता छिर्न नसक्ने अवस्थ अन्त्य गर्नै पर्नेछ, लगानी मैत्री वातावरण र उद्योगमैत्रि कानुन निमार्ण गर्नुछ। उत्पादित वस्तुको मूल्य निर्धारण, वितरण र बजारीकरणको जिम्मा राज्यले लिनु पर्नेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ