arrow

सम्पत्ति शुद्धीकरण निवारण ऐनको बुँदाबुँदामा छलफल हुनुपर्छ: प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
pradeep-poudel-nc.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्त्यन्तै प्रभावकारी हुन आवश्यक रहेको बताएका छन् । बुधबार संसदमा बोल्दै उनले पुराना कानून भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी नदेखिएकै कारण यो नयाँ विधेयक अघि बढेको भन्दै यसको हरेक बुँदा बुँदामा छलफल हुन जरुरी रहेको बताए ।

उनले भने, 'भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, भ्रष्टाचार अन्त्य गर्न त्यसअनुसारको कानून हुन जरुरी छ र त्यो कानून असाध्यै प्रभावकारी हुन जरुरी छ। यो नयाँ कानून हैन यो संशोधन गर्न गइरहेका छौं, यसको मतलब यसभन्दा अघि बनाएको कानून प्रभावकारी हुन सकेन। त्यसकारण अझ प्रभावकारी ढंगबाट कानून बनाएर हामीले यो सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई अगाडि लिएर जान खोजिरहेका छौं, यो हतार गर्ने हैन । यो औपचारिकता मात्रै गर्ने विषय होइन ।'

उनले नेपालको सबै भ्रष्टाचार नै यसैभित्र रहेको भन्दै यसमा गम्भीर हुनु पर्ने बताए । उनले भनेका छन्,'नेपालको सम्पूर्ण भ्रष्टाचार नै यसभित्र छ। सम्पत्ति शुद्धीकरण भनेको सबै थोक हो। क्सासिनो पनि हो, सहकारी पनि हो, कन्सट्रक्सन कम्पनी पनि हो, नेपालमा ह्युमन ट्राफिकिङ मात्रै हैन ह्युमन स्मगलिङ पनि भइरहेको छ। यसलाई असाध्यै प्रभावकारी बनाउन नसक्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनौं।'

उनले अघि भनेका छन्, 'आज हाम्रो मुख्य मुद्दा नै सुशासन हो । त्यो पनि सकिँदैन । सुशासन दिन नसके आममनोविज्ञान र आक्रोश नियन्त्रण गर्न सक्दैनौं, यस विषयमा आम छलफल मात्रै नभएर बुँदागत छलफल हुन जरुरी छ। त्यसैले यसलाई प्रभावकारी बनाउने गरी,आर्थिक अपराध नियन्त्रण अर्थात् भ्रष्टाचार अन्त्य गर्ने गरी हामीले बुँदा बुँदामा छलफल गरी प्रभावकारी र कार्यान्वयनमुखी हुने गरी अगाडि बढाउन जरुरी छ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ