arrow

'अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
bhim-rawal-uml-press-meet-2079.jpg

काठमाडौं। एमाले नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीले सिफारिस गर्न थालेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै रावलले देशको राष्ट्रपतिको नाम विदेशीले सिफारिस गर्नु लज्जास्पद र  निन्दनीय भएको बताएका छन् । उनले लेखेका छन्,' नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।'

उनले जनताका समस्या समाधान गर्न 'शीर्ष' नेताहरूबीच छलफल हुनुपर्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्,' पदका लागि 'शीर्ष' नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि? '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ