arrow

राष्ट्रपति निर्वाचनः को कोसँग निर्णायक वार्ता गर्दैछन् प्रचण्ड ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
prachanda-oli-deuba-nepal.JPG
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्ता हुने भएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने प्रचण्डले सार्वजनिक गरेका छैनन् ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडि सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल जसपाबीच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन् । 

‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले सञ्चारर्कीसँग बिहीबार भने । उनले आज एमालेसँग निर्णायक वार्ता गर्ने पनि उनले बताएका छन् । 

अहिले बिहान प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्ने बुझिएको छ । 

बुधबार राति एकाएक कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्ड र माधव नेपालले बिहीबार भने त्यसको ठीक उल्टो निर्णय गरेका थिए । 

पुस १० को सहमतिअनुसार प्रचण्डले राष्ट्रपति एमालेलाई दिनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डले लिएर राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको कुरा बाहिरिएको थियो । 

तर यो कुनै लिखित प्रतिबद्धता भने थिएन । 

पुस १० गते ११ बजेसम्म तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै रहेका प्रचण्ड त्यसपछि भने बालकोट पुगेर केपी ओलीसँग सहमति गरेका थिए । 

अहिले एमालेले त्यही बुँदामा टेकिरहेको छ भने प्रचण्डलाई पुस २७ गते विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपतिमा आफ्नो भाग खोजिरहेको छ । 

शक्ति पृथकीकरणका लागि यो उत्तम पनि हुन्थ्यो होला । कांग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई सभामुख । तर नेपाली राजनीतिले कहिल्यै सोझो बाटोमा हिँडेको छैन । 

तसर्थ पनि शनिबार राष्ट्रपतिको उम्मेदवार खडा गरुजेन्ल जे पनि समीकरण बन्न सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ