- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिश फुटबल स्टार डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
रामोसले बिहीबार सामाजिक संजालबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्वकपमा टोलीमा नअटेका उनले संन्यास लिएका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) डिफेन्डर ३६ वर्षे रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन् ।
रियाल मड्रिडका पूर्व डिफेन्डर रामोसले सन् २०१० मा फिफा विश्वकपको उपाधि जितेका थिए । यस्तै स्पेनले सन् २००८ र २०१२ मा युरो कप जित्दा रामोस टोलीमा रहेका थिए ।