arrow

ग्लोबल आईएमई बैंक र पेट्रोलियम महासंघबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
global-ime-bank-petroleum-association.jpg

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार महासंघका सदस्यलाई  दूतावासमा इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने–नवीकरण गराउन सकिने भएको छ ।

सम्झौता भएसँगै संघका सदस्यले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय दूतावासको नाममा बैंक जमानत पत्र लिने–नवीकरण गर्नुपर्ने हुन्छ । 

उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ