- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । विभागीय टोली एपीएफ क्लब झापामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा काउवार्न बजार प्रगति संघ ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
खेलको २१ औँ मिनेटमा बंगलादेशका साएरले गोल गर्न सफल भएका थिए । तर ७२ औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।
निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि खेल सडनडेथबाट निर्णय लिइएको थियो ।
सडनडेथमा एपीएफले बंगलादेशी टोलीलाई ९–८ ले पराजित गर्यो । सडनडेथमा काउवार्नका खेलाडी औङले गोल गर्न चुकेपछि बंगलादेशी टोलीले पराजय व्यहोर्न बाध्य बन्यो ।
शुक्रबारको खेलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार प्राप्त गरे ।
जितसँगै एपीएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ ।
शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।